सुर्खेतमा कांग्रेसको प्रशिक्षण, कर्णालीका कार्यकर्ता खुसी (तस्वीर)

वीरेन्द्रनगर । नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ ।

प्रशिक्षण कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार शुरु भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

प्रतिष्ठानले सातै प्रदेशको कार्यक्रम सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने गरी पूर्वतयारी गरेपनि बिहीबार सभापति देउवा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटका लागि काठमाडौंमा बस्नु परेपछि कर्णाली प्रदेशको कार्यक्रम वरिष्ठ नेता पौडेलले उद्घाटन गरेका हुन् ।

स्रोतका अनुसार, सभापति देउवा शुक्रबारको समापन कार्यक्रममा सुर्खेत जाने तयारीमा रहेको बताइएको छ ।

गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाका महाधिवेशन प्रतिनीधि र महासमिति सदस्यहरुको सहभागिता रहेको छ ।

कार्यक्रमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एंव उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा.प्रकाश शरण महत, कृष्ण सिटौला, ह्दयराम थानी, रामकृष्ण यादव, दीपक गिरी, जीवनबहादुर शाही लगायतका केन्द्रीय सदस्यहरूको पनि सहभागिता रहेको छ ।

प्रशिक्षणलाई आरजु राणा, डा.गोविन्द पोखरेलसहितका नेताहरूले प्रशिक्षण दिएका छन् ।

Published : Thursday, 2019 August 22, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया