रवि लामिछानेका समर्थकलाई रेणु दाहालको झट्का लाग्ने सुझाव

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनी प्रकरण अस्वभाविक भएको बताएकी छिन् ।

विहीबार विज्ञप्ति जारी गरेर उनले सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी छिन् ।

मेयर दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गरेकी छिन् । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्रविरुद्ध गरिएको प्रचार तथा गालीगलौज गर्नु दुखद् घटना भएको बताएकी छिन् ।

‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखःद् विषय हो’, मेयर दाहालले भनेकी छिन्, ‘अस्वभाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो ।’

‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ’, उनले विज्ञप्तिमा भनेकी छिन् ।

Published : Thursday, 2019 August 22, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया