कांग्रेसको नयाँ निर्देशिका जारी, अब बन्नेछ स्थानीय तहहरू (निर्देशिका)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ जारी गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काको हस्ताक्षर गरिएको निर्देशिकालाई नेपाली कांग्रेसले जारी गरेको हो । बिहीबार जारी गरिएको निर्देशिकाको आधारमा नेपाली कांग्रेसको स्थानीय तह संगठनको अन्तरिम व्यवस्था गरिनेछ ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७२ (४) अनुसार संघीय राज्य संरचनामा व्यवस्था भएको संरचना अनुरुप रुपान्तरण गर्ने निर्णय भए अनुसार पार्टीको स्थानीय संगठनको समायोजन र गठन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति ०७६ साउन २६ गतेको बैठकले यो निर्देशिका सर्वसम्मतिले पारित गरेको छ’, निर्देशिकामा उल्लेख छ ।

यो निर्देशिका बमोजिम नेपाली कांग्रेसको स्थानीय तहहरूमा समायोजन गर्दा अन्य पार्टीहरूबाट नेपाली कांग्रेसमा समायोजन भएका पार्टीको स्थानीय संगठन भएको स्थानमा संगठनको सभापति र आवश्यकतानुसार पदाधिकारीलाई अनिवार्य रुपमा छलफलमा सहभागी गराउनु पर्नेछ ।

नेपाली कांग्रेसको स्थानीय संरचनाहरूमा समायोजनबारे समायोजन समितिले गरेको सिफारिशको आधारमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार स्थानीय संगठनमा समायोजन गर्ने उल्लेख गरिएको छ ।

 

Published : Thursday, 2019 August 22, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया