हृदयशकाे समूहले भेला बाेलायाे

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी योजनाका बारेमा छलफल गर्न सांसद हृदयश त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र समूह’को भेला हुने भएको छ ।

भदौ २० गते भेला गर्न लागिएको स्वतन्त्र समूहको नेता एवम् सांसद हृदय त्रिपाठीले जानकारी दिएका छन् । भेलालले तराई मधेसको माग, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिन्ह लिएर स्वतन्त्र समूहका नेताहरूले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनमा स्वतन्त्र समूहबाट हृदय त्रिपाठी (नवलपरासी) र बृजेशकुमार गुप्ता (कपिलवस्तु) निर्वाचित भएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समायोजन गर्ने भनिए पनि स्वतन्त्र समूहलाई बेवास्ता गरिएको आरोप लाग्दै आएको छ । स्वतन्त्र समूहका नेताहरूले केन्द्रदेखि जिल्लासम्म नेकपामा समायोजनको माग राख्दै आएको स्रोतको भनाइ छ ।

स्वतन्त्र समूहलाई पनि नेकपामा समायोजन गर्ने भनिएको थियो । नेकपाबाट समायोजनका लागि कनै पनि सम्वाद र गतिविधि नभएपछि स्वतन्त्र समूहले भेला बोलाएर रणनीति बनाउन लागेको हो ।

Published : Thursday, 2019 August 22, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया