पूर्व अमेरिकन रवि र विदेशी नागरिक बानियाँले बुझ्नु पर्ने कुरा

काठमाडौं । शालिकराम पुडासैनीले ज्यान दिनु अगाडिको भिडियो कसरी सार्वजनिक भयो भनेर सञ्चारकर्मी रवि लामिछाने समूहले विरोध गरिरहेका छन् ।

अष्टमी गुरुङले ज्यान दिनु अगाडि तथा निर्मला पन्त प्रकरणमा प्रहरी हिरासतमा रहेका दिलिपसिंह विष्टको भिडियो आफ्नै कार्यक्रममा प्रशारण गर्ने लामिछानेलाई भने कसैले पनि प्रश्न सोध्न सकिरहेका छैनन् ।

अहिले लामिछानेलाई उनका अन्धभक्तहरूले देवत्वकरण गरिरहेका छन् । अनुसन्धानका क्रममा रहेका दिलिपसिंह विष्ट र अष्टमी गुरुङको भिडियो देखाउने लामिछानेका बारेमा न त त्यतिखेर अमेरिकी नागरिक प्रेम बानियाँले बोले न त नेपाली नागरिक कसैले नै ?

शालिकरामले लामिछानेको नामै लिएर दिए, त्यो भिडियो चाहिँ अहिले लुकाउनुपर्ने ? लामिछानेका अन्धभक्तहरूको कस्तो तर्क हो ?

पत्रकारको काम जनतालाई सु–सूचित गर्ने हो । उक्त भिडियो पनि समयमै सार्वजनिक भएका कारण अहिले पुडासैनीको परिवारले त्यसैको आधारमा न्याय खोजिरहेको छ ।

प्रहरीलाई अनुसन्धानमा पनि सहयोग पुगिरहेको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले पुडासैनीले ज्यान दिनुभन्दा अगाडिको भिडियो शालिकरामै परिवारले उपलब्ध गराएको स्पष्ट पारिसकेका छन् ।

एक युटुब च्यानललाई अन्तर्वार्ता दिँदै श्रेष्ठले नेपालआजलाई पनि आफूले नै भिडियो उपलब्ध गराएको उल्लेख गरेका छन् ।

अनुसन्धानमा सहयोग हुन्छ भनेर आफूले भिडियो सार्वजनिक गरेको पनि श्रेष्ठले बताए ।

भिडियो किन र कसरी ल्याइयो भन्नुभन्दा पनि त्यो भिडियोमा भएको कुरा सत्य कुरा के हो छानविन हुनुपर्ने देखिन्छ ।

लामिछाने आफैँले अनुसन्धान गर्नमा आफूले सहयोग गर्न तयार रहेको भनिरहेका बेला केही हुलले अनुसन्धान नै गर्न पाइँदैन भन्दै भिडभाड गर्नु गलत रहेको श्रेष्ठ बताएका छन् ।

Published : Tuesday, 2019 August 20, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया