शालिकराम-रवि प्रकरण छानविन गर्न आइजीपीले पठाए सीआईबीकाे विज्ञ टाेली

भरतपुर । नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनी प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली चितवन पठाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान गरिरहेका बेला सीआईबीको टोली पनि पुगेको हो । प्रहरी महानिरीक्षक मातहत रहने सीआईबीले जघन्य प्रकृतिका घटना अनुसन्धान गर्नेगर्छ ।

सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मी नेतृत्वको टोली आइतबार साँभफ आएको हाे । ब्युरोका एक अधिकृतले भने, ‘यो घटना संवेदनशील भएकाले टोली पठाइएको हो ।’

स्रोतका अनुसार, पुडासैनीको मोबाइलमा भिडियोसँगै थप केही प्रमाण पनि भेटिएको छ । जुन विषयमा अनुसन्धान गर्न प्रहरीभित्र छलफल भएको थियो ।

पुडासैनीले ज्यान दिनु पूर्व खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि काठमाडौं र चितवन प्रहरीको टोलीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

Published : Sunday, 2019 August 18, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया