शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट चितवन आइपुग्यो

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टमको रिपोर्ट आइतबार साँझ चितवन आइपुगेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार आइतबार पोष्टमार्टम रिपोर्ट चितवन आइपुगेको हो ।

उनले पोष्टमाटम रिपोर्ट आइपुगे पनि अध्ययन हुन बाँकी रहेको बताए । सम्भवत साेमबार रिर्पाेट सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ ।

यसअघि नै भिडियोको डिजिटल ल्याब रिपोर्ट चितवन आइसकेको थियो ।

आइतबार नै पुडासैनीका पीडित परिवारले दिएको किटानी जाहेरीको पत्र पनि चितवन आइपुगेको एसपी मल्लले बताए ।

मल्लका अनुसार पुडासैनीका परिवारजनले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत रवि लामिछानेसहित पक्राउ परेका पत्रकार युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

स्वर्गीय पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् ।

प्रहरीले घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

अदालतले थपको पाँच दिनको म्याद सोमबार सकिँदैछ । घटनको दुई हप्तापछि किटानी जाहेरीसँगै घटनासंग सम्बन्धित प्रमाणहरू जुट्दै गएका हुन् ।

Published : Sunday, 2019 August 18, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया