शालिकराम–रवि प्रकरणमा तरुण दलका महासचिवको धेरैलाई झट्का लाग्ने प्रतिक्रिया

भरतपुर । नेपाल तरुण दलका महासचिव भपुेन्द्रजंग शाहीले कुनै व्यक्ति चर्चित र लोकप्रिय छ भन्दैमा छानविन नै गर्न पाइँदैन भन्ने भिडतन्त्रको विरोध गरेका छन् ।

महासचिव शाहीले आइतबार फेसबुकमा स्टाटस लेखेर सञ्चारकर्मी रवि लामिछानेलाई छानविनको दायरामा राख्नै नहुने दवावको विरोध गरेका हुन् । उनले सत्ता र शक्तिको बलमा कसैलाई झुठ्ठा मुद्धा लगाएर फसाउन पनि नपाइने बताएका छन् ।

‘सत्ता र शक्तिको बलमा झुटो मुद्दा लगायर कसैलाई पनि फसाउन खोज्नु सरकारको गलत रबैया हो’, नेपाल तरुण दलका महासचिव शाहीले भनेका छन् ।

‘तर कोही चर्चित छ भनेर छानबिन गर्नै पाइन्न भनेर भन्नु पनि गलत सोँच हो’, शाहीले भनेका छन्, ‘सबैले नियम र कानूनको उत्तिकै सम्मान र पालना गर्न जरुरी छ ।’

‘अहिलेलाई यत्ति भनौँ सरकारी पूर्वाग्रहले निर्दोष नफसुन । तर, भिडको आधारमा हत्यामा संलग्न दोषी नछुटुन्’, नेपाल तरुण दलका महासचिव शाहीले भनेका छन् ।

पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएपछिको प्रकरणमा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेपछि शुभेच्छुकहरूले छानविन नै गर्न नपाइने भन्दै दवाव दिएरहेका बेला नेपाल तरुण दलका महासचिव शाहीको अभिव्यक्तिले अनुसन्धानमा खटिएको प्रहरीलाई राहत मिलेको छ ।

त्यति मात्रै होइन नुवाकोट जिल्लाका पत्रकार एवम् नेपाल प्रेस युनियनका नेता शिव देवकोटाले पनि शालिकराम पुडासैनी प्रकरणको निस्पक्ष अनुसन्धानका लागि प्रहरीसँग आग्रह गरेका छन् ।

‘रबिलाई सहि भन्ने छुट सबलाई छ । तर, शालिकरामलाई गलत भन्ने र उसको परिवारको पीडालाई मजाक बनाउने छुट कसैलाई छैन’, पत्रकार देवकोटाले भनेका छन् ।

Published : Sunday, 2019 August 18, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया