रवि–शालिकराम प्रकरणमा नुवाकोट कांग्रेसकाे सनसनीपूर्ण टिप्पणी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा नेपाली कांग्रेस नुवाकोटले असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप भएको जनाएको छ ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले आइतबार विज्ञप्ति जारी गरेर पत्रकार पुडासैनीले ज्यान दिएको विषयले अनेक आशंका र भ्रम उत्पन्न गरेको जनाएका छन् ।

घटनाको प्रकृति र त्यसअघि पत्रकार पुडासैनीले भिडियो रेकर्डमा दिएको बयान हेर्दा स्वाभाविक ज्यान दिएको हो कि अरु नै कारण हो भन्ने गम्भीर प्रश्न उठेको केसीले जनाएका छन् ।

पुडासैनीले असाधारण दबाबपछि बाध्यतापूर्वक वक्तव्य दिन विवश भएको आशंका गरिएको छ ।

षड्यन्त्रको सिद्धान्त अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा ज्यान नै दिएको हो ? आशंका उब्जिएको जनाइएको छ ।

प्रेस स्वतन्त्रताका नियमलाई मिचेर टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरिएको प्रति आपत्ति जनाइएको छ ।

नुवाकोट बेलकोटगढी–३ का पुडासैनीले चितवनको नारायणगढस्थित एक होटलमा साउन २० मा ज्यान दिएका थिए ।

Published : Sunday, 2019 August 18, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया