विप्लवका चार ठूला नेता कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनसरकार प्रमुखलाई पार्टीमा प्रवेश गराएका छन् ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रममा सभापति देउवाले विप्लवको पार्टीका जनसरकार प्रमुख रामकाजी गुरुङलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

देउवाले रामकाजी गुरुङसहित विप्लवका चार जना ठूला नेताहरूलाई नेपाली कांग्रेसमा भित्र्याएका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा मोहन खड्का, रामबहादुर गुरुङ र भेषराज गुरुङ रहेका छन् ।

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा शुक्रबारदेखि शुरु गरेको प्रशिक्षण कार्यक्रममा विप्लवको पार्टीका नेताहरूलाई कांग्रेसमा भित्र्याइएको हो । उनीहरू नेपाली कांग्रेसमा प्रवेश गर्दा हलमा तालीले स्वागत गरिएको थियो ।

Published : Friday, 2019 August 16, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया