एनआरएनए कतारको सदस्यमा शाहको उम्मेदवारी

कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सदस्यमा दीपजंग शाहले सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

युवा व्यवसायी शाहले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा सन् २०१९–२१ कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

दाङ जिल्ला निवासी शाह पछिल्लो समय कतारमा बसोबास गर्दै आएका छन् ।

‘सर्वप्रथम गैरआवासीय नेपाली संघको २०१९–२१ को पञ्जीकृत सदस्यता लिएर सामाजिक मालामा आबद्ध हुनु भएकोमा यहाँहरूलाई हार्दिक बधाई सहित सामाजिक जीवनको उत्तरोत्तर प्रगतिको कामना छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

‘गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारमा हुन लागिरहेकोे २०१९–२१ कार्यकालको निर्वाचनका लागि मैले सदस्य पदमा उम्मेदवारी दिने व्यहोरा यहाँहरू सबैलाई सहर्ष जानकारी गर्न चाहन्छु’, शाहले भनेका छन् ।

‘गैरआवासीय नेपाली अभियानमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरू, अग्रज अभियन्ता र सिङ्गो कतारको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरो उर्जाको कडी बनेको छ’, उनले भनेका छन्, ‘यहि उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व पंतिमा आफूलाई जोड्ने प्रयास गरेको छु ।’

सामाजिक अभियानमा आबद्धता

१. एनआरएनए अभियानमा सन २०१७ देखि पंजिकृत सदस्यतालाई सकृय सहभागिता ।

२. ठकूरी सहयोग सञ्जालको सल्लाहकारमा रहि नेपाली संस्कार र संकृतिको जगेर्नाको अभियानमा कृयाशील ।

३. पत्रकार महासंघ कतारमा आबद्द रहि नेतृत्व पंक्तिसंग उल्लेखनीय भूमिका निर्वाह ।

४. पत्रकारिता विषय लिई दश जोड दुईदेखि स्नाकोत्ततरसम्मको अध्ययन यात्रमा दर्जनौ मिडियासंग हकरदेखि सम्पादकसम्मको जिम्मेवारी निर्वाह गर्दै हाल दीपसञ्चार मिडियाको प्रधान सम्पादकमा रहि सामाजिक उत्तरदायित्वप्रति निरन्तर खबरदारी

५. विश्वमै सामाजिक क्षेत्रमा अग्रनि भूमिका निर्वाह गरिरहेको रोटरी इन्टरनेशनल अन्तर्गत डिस्ट्रिक ३२९२ (नेपाल–भुटान) च्याप्टर अन्तर्गत आरसी भादगाँउको चार्टर महासचिव ।

६. मानव अधिकार, एम्नेस्टि इन्टरनेशनल लगायत दर्जनौ सामाजिक संस्थामा आबद्ध ।

७. सन २०१६ देखि कतारमा हस्पिटालिटी, रेस्टुरेन्ट लगायत व्यवसाय सञ्चालन ।

Published : Wednesday, 2019 August 14, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया