लमही–कोइलाबास सडकमा मुअब्जामा अन्याय भयोः कांग्रेस नेतृ चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले दाङ जिल्लाको देउखुरी उपत्यका अन्तर्गत लमही–कोइलाबास हुलाकी सडकको मुआब्जा वितरणमा सरकारले अन्याय गरेको बताएकी छिन् ।

मंगलबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले लमही–कोइलाबासको ३४ किलो मिटर सडकमा मुअब्जा वितरणमा अन्याय भएको बताइन् ।

‘सडक बनाउने क्रममा मुअब्जा दिने विषयमा ठूलो अन्याय भएको छ’, उनले भनिन्, ‘लमहीदेखि बयलडाँडासम्मलाई प्रतिवर्ग मिटर ७ हजार, बलरामपुरसम्म १५ सय वर्ग मिटर र सिम्रहवामा ५० रुपियाँ वर्ग मिटरका दरले मुअब्जा दिन अन्यायपूर्ण भएको छ ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद चौधरीले लमही नगरपालिकादेखि कोइलाबासम्म जग्गा अधिग्रहण गरेर मुअब्जा विरतण गर्दा न्यायपूर्ण रुपमा क्षतिपूर्ति दिनुपर्ने बताएकी हुन् ।

Published : Tuesday, 2019 August 13, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया