दुबईमा २१ अर्ब व्यवस्थापन गरेकाे समाचारले प्रचण्डलाई तनाब

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबईमा २१ अर्ब रुपियाँ व्यवस्थापन गर्न आफू नगएको बताएका छन् ।

अध्यक्ष दाहालेको तर्फबाट प्रमुख स्वकीय सचिव जोखबहादुर महराले मंगलबा विज्ञप्ति जारी गरेर २१ अर्बका बारेमा पुष्टि गर्न चेतावनी दिएका छन् ।

‘यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपियाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरूको कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरूको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।’

‘प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरूका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’

नेकपाका अध्यक्ष दाहालले भनेका छन्, ‘यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।’

नेकपाका दोस्रो अध्यक्ष दाहालको दुबई भ्रमणलाई लिएर केही अनलाइनहरू र युट्युब च्यानलमा आएका अन्तर्वार्तामा २१ करोड रुपियाँ व्यवस्थापन गर्न गएको भनेर आरोप लगाएइका थिए ।

दाहाले भनेका छन्, ‘यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ ।’

‘क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्’, उनले भनेका छन् ।

Published : Tuesday, 2019 August 13, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया