गगनका कुराले नेकपाका सांसदहरू खुसी, मन्त्रीहरू कालोनिलो

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सांसदहरूले शून्य र विशेष समयमा बोल्ने कुरा हराउने गरेको भन्दै संसद नियमावलीमा पुनःविचार गर्न प्रस्ताव गरेका छन् ।

संसदको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले शून्य र विशेष समयमा सम्बन्धित विषयमा उठेका विषयलाई सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

‘संसदको शून्य र विशेष समयमा सांसदले उठाएका विषयलाई संसद नियमावलीअनुसार सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा जानकारी गराउनुपर्छ’, उनले भने, ‘तर हामीले कुनै जानकारी पाएका छैनौँ ।’

‘यो नियमको किन कार्यान्वयन नभएको ? नियम हामीले कार्यान्वयन गराउन नचाहेको हो वा सरकारले हामीलाई नटेरेको हो ?’, उनले भने, ‘यो नियमको कार्यान्वयन गराउन जोडदार माग गर्दछु ।’

‘हामीले बोलेको कुराको जवाफ पाँच दिनभित्र प्रश्नका जवाफ प्राप्त गर्नुपर्छ’, नेपाली कांग्रेसका सांसद थापाले भने, ‘अन्यथा यहाँ बोल्नु र बाहिर सिडी (भ¥या)मा बोल्नु कुनै पनि फरक रहँदैन ।’

उनले भने, ‘यहाँ समयको पाबन्दीले माइक काटिने बाहिर जति पनि बोल्न पाइन्छ ।’

नेपाली कांग्रेसका युवा नेता थापाको यो अभिव्यक्तिले दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूलाई तनाव बढाइदिएको छ ।

संसदमा थापाले सरकारका मन्त्रीहरूलाई पाँच दिनभित्र जवाफ दिनका लागि दवाव सिर्जना गरेपछि मन्त्रीहरू कालोनिलो बनेका थिए ।

संसदको शून्य र विशेष समयमा सांसदहरूले बोलेका कुराहरूको बेवास्ता हुने गरेपछि सत्तारुढ र विपक्षी दलका सांसदहरूले सुनुवाईको माग गर्दै आएका थिए ।

Published : Sunday, 2019 August 11, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया