रवि लामिछानेलाई दुई सय रूपियाँ बोनस, विरुद्धमा माहोल बन्दै

काठमाडौं । वरिष्ठ पत्रकार खेम भण्डारीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई दुई सय रुपियाँ चन्दा दिएका छन् ।

निर्मला पन्त काण्डमा एउटा टेलिभिजन कार्यक्रममा बहस गर्न बोलाएर लामिछानेले टिकट काटिदिएका थिए ।

तर, लामिछानेले त्यो टेलिभिजनको लाइभ कार्यक्रममा पत्रकार भण्डारीको अपमान गर्दै पैसा फिर्ता मागेका थिए । भण्डारीले पनि तत्काल लामिछानेलाई दुई सय बोनससहित पैसा फिर्ता गरिदिए ।

लामिछानेले पत्रकार भण्डारीलाई दुईतर्फी प्लेनको टिकटका लागि ११ हजार ८ सय रुपियाँ खर्च गरेका थिए ।

पत्रकार भण्डारीको अपमान गर्दै लाइभ कार्यक्रमबाटै टेलिभिजन प्रस्तोता लामिछानेले प्लेनको टिकटको पैसा मागेपछि भण्डारीले कार्यक्रम सकिनेवित्तिकै १२ हजार रुपियाँ लामिछानेलाई दिएका थिए ।

भूतपूर्व अमेरिकन नागरिक समेत रहेका प्रस्तोता लामिछानेले भण्डारीसँग दुई सय रुपियाँ लिन कुनै हिच्किचाहट मानेनन् । उनले त्यो दुई सय रुपियाँ पनि फिर्ता गरेनन् ।

वरिष्ठ पत्रकार भण्डारीले फेसबुकमा लेखेका छन्, ‘ न्युज २४ ले मेरा लागि ११८०० को आतेजाते टिकेट किनेको थियो । मैले रबिलाई २०० थपेर १२०० बुझाएको छु ।’

त्यति मात्रै होइन पत्रकार भण्डारीले फेसबुकमा लेखेका छन्, ‘मेरो टिम (दुई जनाको) काठमाडौं आतेजाते र ३ रातको बाँस खर्च रु ३८५०० । हेल्प नेपाल, वन पैदावार संघ कन्चनपुर र कन्चनपुरका उद्योगी व्यवसायीका तर्फबाट स्वस्फुर्त प्रदान गरिएको रकम रु ४०००० । बाँकी रु १५०० दवाव समूहलाई हस्तान्तरण गरिनेछ ।’

पत्रकार भण्डारीलाई कञ्चनपुरबाट काठमाडौं प्लेन भाडासहित ल्याएर होटेलमा राखेर टेलिभिजन प्रस्तोता लामिछानेले निर्मला पन्त प्रकरणमा बहस गर्ने भनेर ठूलाठूला गफ दिएका थिए । तर, लामिछानेले टेलिभिजन बहसको लाइभ कार्यक्रममा भण्डारीसँग पैसा मागेर आफ्नो औकात देखाएको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

लामिछानेले भनेअनुसार भण्डारीसँग कुनै पनि कुरा स्वीकार गर्न नमानेपछि लामिछाने लाइभ कार्यक्रममा रिसले चुर बनेका थिए ।

त्यति मात्रै होइन लामिछानेले वरिष्ठ पत्रकार भण्डारीसँग गरेको पूर्वसर्त विपरित निर्मला पन्त काण्डमा निलम्बनमा परेका डिएसएपी अंगुबाबु जोशीलाई टेलिभिजनमा ल्याएर सहमति उल्लंघन गरेका थिए ।

आफूले जे गरेपनि हुने सोँच्न लामिछानेले आफूलाई सर्वेसर्वा ठान्ने कुराको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

सामाजिक सञ्जालमा टेलिभिजन प्रस्तोता लामिछानेलाई पनि वरिष्ठ पत्रकार भण्डारी जस्तै पारदर्शी बन्न सुझाव दिइएको छ ।

चितवनका पत्रकार शालिकाराम पुडासैनी काण्डमा मुछिएका लामिछाने पछिल्लो समय तनावमा छन् । पुडासैनी काण्डमा लामिछानेलाई प्रहरीले निगरानीमा राख्दै आएको छ ।

धेरैलाई आजित बनाएका टेलिभिजन प्रस्तोता लामिछानलाई दुई जनाले सातो लिएका छन् । लामिछानेलाई यसअघि ईटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीले सातो लिइसकेका छन् । चौधरीसँग लामिछाने पराजित भएका थिए । टेलिभिजन लाइभ कार्यक्रममा लामिछानेको चौधरीले सातो लिएका थिए ।

उता, कञ्चनपुरका वरिष्ठ पत्रकार भण्डारीले पनि लामिछानेको सातो लिएका छन् । लामिछानेका हर्कतहरूको भण्डारीले भण्डाफोर गर्दै आएका छन् ।

Published : Sunday, 2019 August 11, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया