लोकतान्त्रिक फोरमलाई कांग्रेसमा छिटो समायोजन गर्न दवाव, संयुक्त विज्ञप्तिले खैलाबैला

लमही । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएको दुई वर्ष पूरा भएको छ । तर, योबीचमा फोरम लोकतान्त्रिकका कार्यकर्ताहरूले कांग्रेस पार्टीभित्र कुनै भूमिका पाउन सकेका छैनन् ।

लोकतान्त्रिक फोरमका तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मात्रै भूमिकामा छन् । तर, उनीसंगै रहेका अन्य कार्यकर्ताहरू भूमिका विहीन छन् ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा अन्य जिम्मेवारीमा रहेकाहरूले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर भूमिकाको खोजी गरेका छन् ।

२ वर्षसम्म भूमिका विहीन हुँदा दिशा विहीन गन्तव्यको यात्रा गरे जस्तै भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा पूर्वसांसद योगेन्द्र चौधरीलाई नेपाली कांग्रेसको गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।

पार्टी एकताले पूर्णता पाएपछि मात्रै नेपाली कांग्रेसको गतिविधिमा सहभागी हुन आग्रह गरिएको छ ।

विज्ञप्ति जारी गर्नेहरूमा तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य विन्तिराम यादव, धनिराम चौधरी, महिला लोकतान्त्रिक संघका केन्द्रीय उपाध्यक्ष शारदा चौधरी, शनिराम चौधरी, दिलबहादुर चौधरी, धर्मवीर चौधरी, खेमलाल चौधरी, रामवरण यादव, गोरखनाथ कसौधन, द्रोणबहादुर बस्नेत, रामवरण वैश्य, जगतनारायण चौधरी, हीरालाल चौधरी रहेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरूले तत्कालीन फोरम लोकतान्त्रिकका कार्यकर्ता पूरै निरास, विकल्प खोज्न पूर्वसांसद योगेन्द्र चौधरीलाई दवाव दिएका छन् ।

नेपाली कांग्रेसका केही नेताहरूको व्यक्तिगत स्वार्थ र खिचातानीले गर्दा लोकतान्त्रिक फोरमलाई समायोजन गर्न अवरोध गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन सुझाव समिति गठन गरिएको थियो । त्यो समितिले पनि तोकिएको समयमा काम गर्न सकिरहेको छैन ।

Published : Saturday, 2019 August 10, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया