युएईका नेपाली कामदारहरूको समस्या बुझ्दै कांग्रेस नेताहरू

दुबई । नेपाली कांग्रेसका नेताहरूले युएईमा रहेका नेपालीहरूका समस्याबारे जानकारी लिएका छन् ।

युएईमा रहेको नेपाली कांग्रेसका शुभेच्छुकहरूसँग नेपाली कांग्रेसका नेताहरूले नेपाली कामदारहरूको समस्याका बारेमा जानकारी लिएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले नेपाली जनसम्पर्क समितिका नेताहरूसँग नेपाली कामदारका समस्याको जानकारी लिएका हुन् ।

नेपाली कांग्रेसका नेताहरूले युएईका सात वटा स्टेटका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूसँग पनि परामर्श गरेका छन् । उनीहरूले साउदी अरब राजु सैयदसँग पनि त्यहाँको समस्याका बारेमा कुराकानी गरेको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बताए ।

यसैबीच, नेपाली कांग्रेसका नेताहरूले विश्वको अग्लो टावर बुर्च खलिफा, पूर्ण सफारी पार्कको अबलोकन पनि गरेका छन् । उनीहरूले जेलमा रहेका नेपालीहरूलाई पनि भेट्ने कार्यक्रम बनाएका छन् ।

यसअघि शुक्रबार नेपाली जनसम्पर्क समिति युएईको अधिवेशनले भुवानी तिमल्सिनालाई सभापतिमा सर्वसम्मत चयन गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा दुवईमा भएको अधिवेशनले सर्वसम्बत रुपमा नयाँ नेतृत्व चुनेको हो ।

सम्पर्क समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रविक्रम सारु, उपसभापतिमा दीपक खड्का, भुमी चालिसे र अमर रानाभाट चयन भएका छन् ।

महामन्त्रीमा हरि खड्का, सहमहामन्त्रीमा विनोद तामाङ, शिव चालिसे र चित्रहाङ लिम्बु तथा कोषध्यक्षमा कृतिमान पुन रहेका छन् ।

अधिवेशनले १४ औँ महाधिवेशनमा भाग लिनका लागि महासमिति सदस्य छनोट गरेको छ । जसमा भुवानी तिमल्सिना, चित्रबहादुर केसी, खेमराज बस्नेत छन् ।

महाधिवेशन प्रतिनिधिमा चन्द्रविक्रम सारु मगर, राजेन्द्र अधिकारी, मनोजकुमार श्रेष्ठ गोर्खाली र ज्ञानेन्द्र बहादुर खत्री छन् ।

प्रमुख अतिथि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का,विशेष अतिथि एवम् कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वसभासद रामहरी खतिवडा, धादिङ जिल्ला सभापति रमेश धमला, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईं, नेविसंघ नेता हृदयश त्रिपाठी र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव अतुल कोइराला लगायतकाको उपस्थिति थियो ।

 

Published : Saturday, 2019 August 10, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया