‘प्रचण्ड’ निकटका विवादास्पद व्यापारीले राज्यलाई कर बुझाउन मानेनन्

काठमाडौं । विवादास्पद व्यापारी अजेयराज सुमार्गीले नेपाल सरकारलाई ७९ करोड ९२ लाख २७ हजार रुपियाँ फ्रिक्वेन्सी दस्तुर नबुझाएको रहस्य खुलेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यापारिक साझेदार समेत रहेको भनेर आरोप खेप्दै आएका सुमार्गीलाई दस्तुर नबुझाएर आलटाल गर्दै आएका हुन् ।

दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ ।

बक्यौतामध्ये सात करोड रुपियाँ १५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै प्राधिकरणले बाँकी रकम तिर्न तीन महिनाको समय दिएको छ ।

तत्काल तोकिएको बक्यौता नबुझाए लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले चेतावनी दिएका छन् ।

दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३ अनुसार तोकिएको समयमा बक्यौता नबुझाए लाइसेन्स स्वतः रद्द हुनेछ ।

हेलो नेपालले चार आर्थिक वर्षदेखिको फ्रिक्वेन्सी दस्तुर बुझाएको छैन ।

प्राधिकरणले सुरुदेखि बक्यौता बुझाउन ताकेता गरे पनि हेलोले विभिन्न बहाना देखाउँदै आएको छ ।

हेलोले यसअघि भिस्याटबापतको २७ लाख रुपियाँ पनि तिर्न अटेर गरेको थियो ।

संघीय संसद्को अर्थ समितिले गत पुसमा दूरसञ्चार कम्पनीको बक्यौता रकम एक महिनाभित्र असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

Published : Friday, 2019 August 9, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया