वनमन्त्री बस्नेतद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण

काठमाडौं । काठमाडौंका पशुपतिनाथ मन्दिर क्षेत्रमा शुक्रबार वृक्षारोपण गरिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

भू-संरक्षण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री बस्नेतले वातावरणीय दुस्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

त्यस क्रममा समी लगायत विभिन्न प्रजातिका दुई सय बढी विरुवा रोपिएको थियो ।

पशुपति क्षेत्र विकास कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए ।

Published : Friday, 2019 August 9, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया