देउखुरीको सिसहनियाँमा संरक्षण समूह गठन

सिसहनियाँ । दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकाको वडा नम्बर ५ मा जलीय जैविक विविधता संरक्षण समूहको गठन गरिएको छ ।

राप्ती गाउँपालिकाको वडा नम्बर ५ का प्रगतिनगर, कालापानी, पहरुवा, लट्ठहवा, सिङ्गे भूल्के लगायतका गाउँलाई लक्षित गरि बिहीबार जलीय जैविक विविधता संरक्षण समूह गठन गरिएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गोवर्धन रावतको प्रमुख आथित्यतामा समूह गठन गरिएको हो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव कुमारराज श्रेष्ठको अध्यक्षतामा भएको समूह गठन प्रक्रियाबाट कमलादेवी रेग्मीको अध्यक्षतामा २० सदस्यीय जलीय जैविक विविधता संरक्षण समूह गठन गरिएको छ ।

समूह गठन गर्ने क्रममा सहभागी लक्षित वर्गलाई जलीय जैविक विविधता संरक्षण समूहको काम कर्तव्य र अधिकारका वारेमा जानकारी गरी स्वतस्फूर्त रुपमा समिति गठन गरिएको पानी परियोजना मानव कल्यण तथा वातावरण संरक्षण केन्द्रका फिल्ड संयोजक राममोती चौधरी जानकारी दिइन् ।

वडा नम्बर ५ मा गठन गरिएको जलीय जैविक विविधता संरक्षण समूहको अध्यक्षमा कमलादेवी रेग्मी, उपाध्यक्षमा जगनारायण चौधरी, सचिव रम्भा चौधरी, कोषाध्यक्ष मनीराम चौधरी चयन भएका छन् ।

सदस्यहरूमा वीरवल चौधरी, कन्या चौधरी, सन्जु चौधरी, राजकुमारी चौधरी, विनिता कुमाल, दामी पुन, धना गाहा, रेश्मा चौधरी, बसन्ती चौधरी, सावित्री चौधरी, रामसरी चौधरी, पविता चौधरी, देउली चौधरी, मन्तु चौधरी, देवराज चौधरी र जगतमनी चौधरी चयन भएका छन् ।

यस आर्थिक वर्षमा पानी परियोजना मानव कल्यण तथा वातावरण संरक्षण केन्द्रले राप्ती गाउँपालिका क्षेत्रमा नियमित, हरेक दिन, साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक रुपमा स्थानीय निकायका जनप्रतिनिधिहरूसंग समन्वय बैठक, जलियजैविक विविधता संरक्षण समूह गठन जलीय जैविक विवधता संरक्षण समूहको क्षमता अभिबृद्धि तालिम, माछा गैह्र माछा तथा मिचाहा प्रजातीको सर्वेक्षणका लागि अभिमुखिकरण, माछा गैर तथा मिचाहा प्रजातीको सर्वेक्षण, गाउँपालिकास्तरीय समूहको संजाल गठन, संजालको विधान निर्माण तथा विकाशका कार्यक्रम सञ्चालन गरिने लगायतका कार्यक्रमका साथै राप्ती नदीको जलीय जैविक विविधताका चुनौतीहरूलई न्यूनीकरण गर्ने दिगो तरिकाले माछाको उपयोग गरी विनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरूको सुधार तथा व्यवस्थापन गरिनेछ ।

राप्ती नदीको जलीय जैविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक विकास गर्नका लागि समूहले भूमिका खेल्नेछ ।

महिला, सीमान्तकृत वर्ग, गरिब तथा मछुवारा समुदायको आर्थिक उन्नती वृद्धि गराउने उद्घेश्यका साथ कार्य अघि बढाउनका लागि वडा नम्बर ५ मा जलीय जैविक विविधता संरक्षण समूहको गठन गरिएको बताइएको छ ।

राप्ती गाउँपालिका क्षेत्रको हरेक वडामा जलीय जैविक विविधता संरक्षण समूहको गठन गरिने फिल्ड संयोजक राममोती चौधरीे जानकारी दिइन ।

Published : Thursday, 2019 August 8, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया