संसदमा झ्याप्प बिजुली निभेपछि…

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका उर्जा, सिचाइँ तथा जलस्रोतमन्त्री वर्षमान पुनले संसद भवनमा सम्बोधन गर्दै गर्दा विजुली गएपछि तनाव बढाइदिएको छ ।

मन्त्री पुनले बिहीबार सभामुखसँग विशेष समय माग गरेर सम्बोधन गर्नै लाग्दा विजुली गएको थियो । विभागीय मन्त्रीले संसदमा बोल्दै गर्दा संसद भवनभित्रै केही समय अन्धकार भएको थियो ।

संसद भवनमा आफैले बोल्नै सुरु गर्दा बिजुली गएपछि मन्त्री पुनले अफ्ठ्यारो महशुस गरेका थिए । बिजुली तत्काल आएको थियो । त्यसपछि मन्त्री पुनले भने, ‘कमसेकम समयमा आयो ।’

मन्त्री पुन संसदमा बाेल्दै गर्दा दुई पटक बिजुली गएकाे थियाे ।

त्यसैगरी नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसद भवनभित्र एसी बिग्रिएको भन्दै आपत्ति जनाइन् । उनले छिटोभन्दा छिटो एसी बनाउन माग गरिन् ।

‘संसद भवनभित्र एसी बिग्रिएको छ । यस्तो गर्मीमा कसरी बस्ने ?’, उनले प्रश्न गर्दै भनिन्, ‘एसी चल्न पानीको समस्या भएको भनिएको छ । पानी पनि नहुने यो कस्तो समस्या हो ?’

Published : Thursday, 2019 August 8, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया