कांग्रेसका खतिवडा र चापागाइँलाई दुबईमा स्वागत

दुबई । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व सांसद रामहरि खतिवडा र नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँलाई दुबईमा भव्य स्वागत गरिएको छ ।

घुमफिर र नेपाली समुदायका विभिन्न कार्यक्रममा सहभागी हुन खतिवडा र चापागाइँ बुधबार दुबई आइपुगेका हुन् । उनीहरूलाई दुबईको विमानस्थलमा नेपाली समुदायका प्रतिनिधिहरूले स्वागत गरेका हुन् ।

युएईको भ्रमणपछि खतिवडा र चापागाइँ एक हप्तापछि स्वदेश फिर्ता हुने कार्यक्रम छ । युएईका विभिन्न स्थानको भ्रमण गर्नुको साथै खतिवडा र चापागाइँले नेपाली युवाहरूसँग भेटेर कुराकानी गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कापनि बिहीबार दुबई आउने कार्यक्रम छ ।

Published : Wednesday, 2019 August 7, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया