कांग्रेसले ट्रेड युनियन खारेज गर्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन खारेज स्वीकार्य नहुने बताएको छ ।

सरकारले कर्मचारी ट्रेड युनियनलाई निरन्तरता र बैधानिकता दिने प्रस्ताव गरे पनि बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरूको मत बाझिएको थियो ।

समितिमा केही सांसदहरुले खारेज गर्नुपर्ने धारणा राखेपछि कांग्रेस संसदीय दलले विज्ञप्ति प्रकाशित गरी आफ्नो धारणा व्यक्त गरेको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति प्रकाशित गरी कर्मचारीको ट्रेड युनियन खारेज गर्नु दुःखद हुने भन्दै कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

‘ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य छैन’, विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियन खारेज सम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।’

Published : Wednesday, 2019 August 7, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया