प्रधानमन्त्री निवास नजिकै आगलागी

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा आगलागी भएको छ ।

बुधबार मध्यान्ह उक्त कार्यालयको पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाइँले बताए ।

प्रहरी पुगेपछि मात्रै थप विवरण आउने प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताएका छन् ।

आगलागी भएको स्थान र प्रधानमन्त्रीको सरकारी निवास दुई समय मिटर नजिकै पर्छ ।

Published : Wednesday, 2019 August 7, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया