काठमाडौंमा शंकास्पद गाडी दुर्घटना, नम्बर प्लेट गायब

काठमाडौं । काठमाडौंको कमलपोखरीको चोकमा एउटा सुजुकी गाडी (ट्याक्सी) दुर्घटना भएको छ ।

बुधबार बिहान ५ बजे सुजुकी मारुती अल्टो गाडी दुर्घटनामा परेको अवस्थामा देखिएको प्रत्यक्षदर्शीले बताए ।

गाडीको नम्बर प्लेट छैन । अगाडि र पछाडि रहेका दुबै नम्बर प्लेट निकालिएको अवस्थामा रहेको गाडी मेलम्ची खानेपानी आयोजनाले बनाएको पोलमा ठोक्किएर दुर्घटना परेको देखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जीपको अगाडिको भाग पूर्णरुपमा क्षतविक्षत अवस्थामा रहेको छ । दुर्घटनामा चालकको अवस्था कस्तो छ वा गाडीमा कति जना थिए केही खुल्न सकेको छैन ।

सुजुकी गाडीबाट नम्बर प्लेट किन निकालिएको हो खुल्न सकेको छैन । महानगरीय ट्राफिक प्रहरी रामशाहपथले दुर्घटनाका बारेमा बिहान साढे ६ बजेसम्म जानकारी नआएको जनाएको छ ।

दुर्घटनामा परेको यो गाडी ट्याक्सी भएको हुन सक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाडीको पछाडिको भागमा सिसामा ‘सारथी’ लेखिएको स्टिकर टाँसिएको छ । ट्याक्सीहरू पछिल्लो समय ‘सारथी’मा दर्ता भएर चल्ने गरेका छन् ।

Published : Wednesday, 2019 August 7, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया