कांग्रेस महामन्त्री खड्का, नेता खतिवडा र चापागाइँ दुबई जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, पूर्वसांसद एवम् युवा नेता तथा नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ पार्टीको जनसम्पर्क समितिले आयोजन गर्न लागेको कार्यक्रममा भाग लिन दुबई प्रस्थान गर्दै छन् ।

उनीहरू बुधबार बिहान दुबई प्रस्थान गर्नेछन् । दुबईका साथै यमन, कतारसहितका देशमा हुने नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिले राखेका कार्यक्रममा भाग लिनेछन् ।

नेपाली राजदूतावासले राख्ने कार्यक्रममा पनि नेपाली कांग्रेसका नेताहरूले सहभागिता जनाउने युवा नेता एवम् पूर्वसांसद खतिवडाले जानकारी दिए ।

नेता खतिवडाका अनुसार युएईको भ्रमणका क्रममा नेपाली युवाहरूले भोग्नु परेको समस्या र कठिनाइको पनि जानकारी लिइनेछ ।

नेपाली युवाहरूको समस्या समाधानका लागि सरोकारवाला निकायसँग पहिल गर्ने नेपाली कांग्रेसका नेताहरूको योजना छ ।

नेपाल तरूण दलका उपाध्यक्ष चापागाइँले नेपाली कांग्रेसका विदेशमा रहेका जनसम्पर्क समितिका साथीहरूसँग संगठन र नेपालीहरूका समस्याका बारेमा पनि छलपफल हुने बताए ।

एक हप्ताको बसाइँपछि नेपाली कांग्रेसका नेताहरू स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Tuesday, 2019 August 6, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया