कांग्रेसका तीन जना ठूला नेताहरू बिरामी, अस्पताल भर्ना (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका तीन जना ठूला नेताहरू बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

नेतृ नोना कोइराला, नेता प्रकाशमान सिंह र पूर्वमन्त्री तप्तबहादुर विष्ट बिरामी भएपछि अस्पताल भर्ना भइ उपचार गराइ रहेका छन् ।

नेतृ लीला कोइरालाको थापाथलीस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलगायतका नेताहरूले मंगलबार नेतृ कोइरालासहितका नेताहरूलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

खाँणले नेता सिंह र विष्टको स्वास्थ्य अवस्थाको नि जानकारी लिएका छन् ।

नेता सिंहको ललितपुरको नख्खुस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको छ ।

अर्का नेता विष्टको पनि थापाथलीस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूलाई भेट्न नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौला पन्त, महेन्द्र यादव, जन्मजय तिमिल्सीना सहित नेताहरूपनि अस्पताल पुगेका थिए ।

Published : Tuesday, 2019 August 6, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया