कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि सारिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक साउन २२ गते बुधबार दिउँसो २ बजे बस्ने भनिएको थियो । बुधबार सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू पार्टीको कार्यक्रममा व्यस्त रहेका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

‘साउन २२ गते बुधबारेको केन्द्रीय कार्यसमितिको बैठक साउन २६ गते आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध एको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकाए छन् ।

नेपाली कांग्रेसका केही नेताहरू पार्टी कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यका बाहिर छन् । केही नेताहरू देश बाहिर छन् ।

Published : Tuesday, 2019 August 6, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया