गरिवकाे सर्वहारा पार्टीले विष्णु पाैडेलकाे बालुवाटार काण्डलाई फ्लप खुवायाे

काठमाडौं । नेपाली कांग्रेसले सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति उल्लंघन गरेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारी जग्गामा पार्टी मुख्यालय राखेको भन्दै विरोध जनाएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसबारे सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरेको हो ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले नेकपाले कानून मिचेर पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सार्वजनिक जग्गालाई पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानलाई भोगाधिकार दिएकोमा नेकपाले कानून मिचेर आफ्नो पार्टी कार्यालय सञ्चालन गरेको उनले बताइन् । उनले सत्तारुढ दलको क्रियाकलापले सत्ता पक्षलाई चैन अरुलाई ऐन भन्ने देखाएको बताइन् ।

‘नेपाली कांग्रेसको प्रतिष्ठालाई धेरै चिन्ता नलिउँ नेकपाको पार्टी कार्यालयले नियम मिचेर सार्वजनिक जग्गालाई भोगाधिकार गरिरहेको छ त्यसको प्रतिष्ठामाथि बढी चिन्ता गरौँ र त्यसलाई बचाउने कोसिस गरौँ’, उनले भनिन् ।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति उलंघन गरेर सरकारी जग्गा कब्जा गरेको बताइन् ।

सत्तारुढ दल नेकपाले सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी कार्यालय सञ्चालन गरेको भन्दै उनले त्यसबारे सदनलाई सत्य तथ्य जानकारी गराउन माग गरिन् ।

सरकारी जग्गा कब्जा गरी सरकार नै स्वयं नियम कानून मिचेर अघि बढेको रेग्मीको आरोप थियो ।

उनले त्यसबारेको सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरेकी छिन् । दुईतिहाईको सरकार गठनसँगै भू–माफियाले सरकारी जग्गा कब्जा गर्ने क्रम बढेको सांसद रेग्मीले आरोप लगाइन् ।

भोगाधिकार पाएको पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानले धुमबराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको छ ।

सरकारबाट भोगाधिकार पाएको जग्गा तेश्रो पक्षलाई भाडामा दिन नपाउने कानूनी व्यवस्था विपरीत नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक भाडा तिर्दै आएको दाबी गरिएको छ ।

नेपाली कांग्रेसले कानून कार्यान्वयनमा सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिष्ठानलाई सरकारले २०६३ मंसिर २१ गते भोगाधिकारका लागि त्यो जग्गा उपलब्ध गराएको थियो ।

नेकपाकै महासचिव विष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा कब्जा गरेको काण्ड सेलाउन नपाउँदै नेकपाले बालुवाटारको जग्गा काण्ड बिर्साउने गरेर नयाँ काण्ड मच्चाएको छ ।

Published : Tuesday, 2019 August 6, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया