प्रचण्डविरुद्ध वीरगञ्जमा प्रदर्शन, छक्कै पर्ने नारा लाग्यो (तस्वीर)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पर्सा जिल्लाको वीरगञ्जमा प्रदर्शन भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट बाहिर निकाल्ने भनेर दिएको अभिव्यक्तिको विरोधमा मंगलबार वीरगञ्जका स्थानीयले प्रचण्डविरुद्ध प्रदर्शन गरेका हुन् ।

केही दिन अगाडि प्रचण्डले ज्ञानेन्द्र शाहलाई सरकारले नागार्जुन दरबारबाट बाहिर निकाल्ने भनेर अभिव्यक्ति दिएका थिए ।

त्यसको बिरोध गर्दै बीरगंजमा नेपाल राष्ट्रवाद संघ, शिव सेना हिन्दूवादी, राजावादी बुद्धिजीवी नागरिक समाजले बिरोध जुलुस समेत निकालेको छ ।

प्रदर्शनमा उत्रिएकाहरूले प्रचण्डलाई ‘पूर्वआतंवादी डाका हत्यारा प्रचण्ड मुर्दावाद’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।

Published : Tuesday, 2019 August 6, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया