भक्तपुरमा जनताको सेवामा जुट्यो तरुण दल, बिहानै झाडु लिएर सरसफाइ (तस्वीर)

भक्तपुर । नेपाल तरुण दलले भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको छ ।

नेपाल तरुण दलको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ ईकाइले मंगलबार सरसफाइ गरेको हो ।

केन्द्रमा नेपाल तरुण दलले पूर्णता नपाइरहेका बेला नेपाल तरुण दल भक्तपुर शाखाले आफ्ना मातहतका शाखाहरूलाई क्रियाशील बनाएको छ ।

नेपाल तरुण दल भक्तपुर शाखाका अध्यक्ष राजु थापाले नेतृत्व लिएपछि दुई वटा नगरपालिका सूर्यविनायक र चागुनारायण नगरपालिकामा रहेका सबै वडामा वडा कार्यसमितिहरू गठन गरिसकेका छन् । ती कार्यसमितिहरूले आफ्नो गाउँ, टोलहरूमा रचनात्मक काम गर्न शुरू गरिसकेका छन् ।

मन्दिर परिसरभित्र रहेको फाेहोर संकलन गर्नुका साथै सरसफाइ गरिएको नेपाल तरुण दल भक्तपुर शाखाका सचिव सुमन कार्कीले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष राजु थापा, तरुण दल सूर्यबिनायक नगर समितिका अध्यक्ष उमेश अधिकारी, नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सदस्य शशि बस्नेत, जीपी फाउण्डेशनका अध्यक्ष बिदुरमान सिंह बस्नेत, तरुण दलका सल्लाहकार सुनिल ठाकुरी, चाँगुनरायण नगरपालिका तरुण दलका अध्यक्ष गोविन्द थापा, रविन्द्र थापा मगर लगायत सूर्यविनायक नगरपालिका वडा नं. ८ का तरुण युवाहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 August 6, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया