कांग्रेस नेता विष्टको स्वास्थ्यमा सुधार, खतिवडाद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तप्तबहादुर विष्टको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाका अनुसार पूर्वमन्त्री विष्टको स्वास्थ्यमा सुधार भएको हो ।

नेता खतिवडाले सोमबार काठमाडौंको थापाथलीस्थित एउटा निजी अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री विष्टलाई भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

नेता खतिवडाले पूर्वमन्त्री विष्टको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिए ।

पूर्वमन्त्री विष्ट भैरहवा विमानस्थलमा बुद्ध एयरको विमानभित्र बेहोस भएपछि आपतकालीन अबतरण गरेर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

Published : Monday, 2019 August 5, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया