आयोगको आग्रहमा बक्रईदमा सार्वजनिक विदा दिन सरकार सकारात्मक

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक विदा दिने बारेमा संघीय सरकार सकारात्मक रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा सोमबार उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका कार्यबाहक प्रधानमन्त्री पोखरेलसँग मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेट गरी बक्रईद पर्वका अवसरमा सार्वजनिक विदा दिन अग्रह गरेका हुन् ।

आयोगका अध्यक्ष अन्सारीले कार्यबाहक प्रधानमन्त्री पोखरेलले मुस्लिमहरूको बक्रईद पर्वका अवसरमा सार्वजनिक विदा दिन संघीय सरकार सकारात्मक रहेको आश्वासन दिएको बताए ।

मुस्लिम समुदायको पर्व बक्रईद साउन २७ गते परेको छ । सो पर्वका अवसरमा सार्वजनिक विदा दिन आयोगका अध्यक्ष अन्सारीले संघीय सरकारसँग अपीलस गरेका हुन् ।

Published : Monday, 2019 August 5, 6:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया