हिमानीको पत्रकार सम्मेलनमा छोरी आकर्षण

काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरूको संग्रहित किताव सार्वजनिक गरेकी छिन् ।

काठमाडौंको बालुवाटारस्थित हिमानी ट्रष्टको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हिमानीले सन्देश संग्रह सार्वजनिक गरेकी हुन् । पत्रकार सम्मेलनमा हिमानीकी छोरी पूर्णिका शाहको पनि उपस्थिति रहेको थियो ।

हिमानी शाह ‘हिमानी कोष’को अध्यक्ष पनि हुन् । सन्देश संग्रह बिक्रीबाट आउने रकमलाई हिमानी कोषमार्फत दैवी उद्धार कोष खडा गरिनेछ ।

२०५८ सालदेखि २०७६ सालसम्म पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न समयमा दिइएका सन्देशहरूलाई पुस्तकमा समेटिएको छ ।

Published : Sunday, 2019 August 4, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया