ओलीका ‘अरिँगाल’हरूको हर्कतसँग भिड्न भक्तपुरमा तरुणहरू एकजुट

भक्तपुर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सूर्यविनायक–१० ईकाइ समितिको अधिवेशनले पारसमणि पाकुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

भक्तपुरको जोरपाटीमा शनिबार सम्पन्न सो वडाको पहिलो अधिवेशनबाट पाकुरको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा नितेश देउजा, उपाध्यक्षमा रामभक्त कार्की, सचिवमा विवेकबहादुर बस्नेत, सहसचिवमा करण खड्का र कोषाध्यक्षमा विभूषण नगरकोटीलाई चयन गरिएको छ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले गरेका थिए । उनले संघीयतालाई उपयोग गर्दै एकदलीय कम्युनिष्ट शासन व्यवस्था स्थापना गर्न खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले तरुण दलमाथि नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका अरिँगालहरूले आक्रमण गरेर तिनीहरूलाई स्याल बनाएर लखेट्ने चेतावनी दिए । थापाले तरुणहरूलाई सरकारी अरिँगालहरूले जस्तो गतिविधि नगर्न निर्देशन दिए ।

युवा संघ र वाइसियलका युवाले जस्तो गलत कार्य तरुण दलका कार्यकर्ताले गर्न नहुने सभापति थापाको भनाइ थियो ।

Published : Sunday, 2019 August 4, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया