बाढीपीडितको दुःखमा साथ दिँदै तरूण दल, सप्तरीमा राहत वितरण

सप्तरी । नेपाल तरुण दलले सप्तरीका बाढीपीडितहरूलाई राहत वितरण गरेको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले मंगलबार सप्तरी जिल्लाको तिलाठी कोलाडी गाउँपालिकाका बाढीपीडितहरूलाई राहत वितरण गरेका हुन् ।

महासचिव शाहीले बाढीपीडितहरूलाई राहत स्वरुप चामल, भुजिया, त्रिपाल, बालटिन, झुल, पिठो लगायतका राहत सामाग्री बितरण गरेका छन् ।

राहत वितरण कार्यक्रममा नेविसंघका पूर्व अध्यक्ष एवं पूर्व सांसद रञ्जित कर्ण, नेपाली कांग्रेस सप्तरी सचिव रामकुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यसअघि सोमबार तरुण दलका महासचिव शाहीले रौतहटमा बाढीपीडितहरूलाई राहत वितरण गरेका थिए ।

शाहीले धनुषा र महोत्तरी लगायतका जिल्लामा पनि राहत वितरण गर्नेछन् ।

Published : Tuesday, 2019 July 23, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया