कांग्रेसका नेता एवम् वडाध्यक्ष मोक्तानको निधन

फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।

नेपाली कांग्रेस फिदिम नगर सभापति समेत रहेका मोक्तानको ७२ वर्षको उमेरमा निजी सोमबार निधन भएको हो । अफन्तहरूका अनुसार उनको निधन लखनमार्गमा रहेको आफ्नै निवासमा भएको थियो ।

वडाध्यक्ष मोक्तान विगतका वर्षदेखि फोक्सोको समस्याबाट पीडित थिए । उनका १ छोरा र ४ छोरी रहेका छन् ।

वडाध्यक्ष मोक्तानको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको नेपाली कांग्रेसले जनाएको छ ।

मोक्तानको निधनबाट शुभेच्छु, परिवारजन, नेपाली कांग्रेस पाँचथरका नेता तथा कार्यकर्ताहरू शोकमा परेका छन् ।

Published : Monday, 2019 July 22, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया