कांग्रेससँग सहकार्यको सूत्र भिडाउने यादव बने संयोजक

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हालेका छन् ।

जनकपुरधाममा साउन ४ र ५ गते बसेको राजपाको अध्यक्षमण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

राजपाका महासचिव केशव झाका अनुसार यादवले सोमबारदेखि संयोजकको जिम्मेवारी सम्हालेका छन् ।

राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई–दुई महिनामा संयोजक फेरिने व्यवस्था छ ।

दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध सदनमा एक भएर जानुपर्ने भन्दै गोप्य रुपमा परामर्श गरेर नेपाली कांग्रेससँग कार्यगत सहकार्यका लागि यादवले विशेष भूमिका खेलेका थिए ।

कम्युनिस्ट सरकारका गलत क्रियाकलापविरुद्ध नेपाली कांग्रेस र राजपा नेपालले संसदमा संयुक्त रुपमा प्रस्तुत हुँदै आएका छन् ।

यसअघि राजपा नेपालको संयोजक अनिलकुमार झा थिए । उनको कार्यकाल आइतबारदेखि समाप्त भएको छ ।

Published : Monday, 2019 July 22, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया