कम्युनिस्ट सरकार निरंकुश बन्दै गर्दा कांग्रेसले बोलायो बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा माघको दश गते बिहीबार बिहान ११ बजे कार्यसमितिको बैठक बस्नेछ । बैठका लागि एजेन्डाहरू तयार भैसकेका छन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

कम्युनिस्ट सरकारले वाइड बडी खरिदमा गरेको चार अर्बभन्दा धेरैको घोटाला, शान्ति सुरक्षा लगायतका विषयमा कांग्रेसको बैठकमा छलफल हुनेछ ।

बैठकमा हालैसम्पन्न महासमिति बैठकले दिएको निर्देशन र निर्णयका विषयमा पनि छलफल हुनेछ ।

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका गलत क्रियाकलापहरूको विरोध गर्दै आएको छ । कम्युनिस्ट सरकारले भ्रष्टाचारलाई बढावा दिएको तथा वाइड बडी घोटालालाई संरक्षण गरेर तुहाउन खोजेको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले संविधान र कानून विपरितका क्रियाकलाप गर्नुका साथै अधिनायकवादतर्फ उन्मुख हुन खोजेको आरोप पनि लगाउँदै आएको छ ।

Published : Saturday, 2019 January 5, 1:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया