वाइड बडी काण्ड लुकाउन खोज्ने यी हुन नेकपाका ‘अरिंगाल’हरू

काठमाडौं । झण्डै दुई तिहाईको बहुमत पाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खडगप्रसाद ओलीले वाइड बडी जहाज खरिदमा भ्रष्टाचारलाई तुहाउन खोजेको आरोप लागेको छ ।

नेपाली कांग्रेसका नेताहरूका साथै भ्रष्टाचार विरोधीहरूले ओली सरकारले वाइड बडी विमान खरिदको घोटाला लुकाउन कम्युनिस्ट सरकारले रातारात छानविन आयोग बनाएर दोषीहरूलाई उन्मुक्ति दिन खोजेको आरोप छ ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले बुझाएको छानविन प्रतिवेदनलाई सत्तारुढ नेकपाले मन पराएको छैन । चार अर्ब ३० करोडभन्दा धेरै रकम भ्रष्टाचारको प्रतिवेदन उपसमितिले तयार पारेपछि कम्युनिस्ट सरकारका मन्त्री र नेताहरू तनावमा परेका छन ।

संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारी, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सचिवसहितकालाई कारबाहीको माग प्रतिवेदनमा गरिएको छ ।

मन्त्री अधिकारीलाई कारबाही हुने भएपछि कम्युनिस्ट नेताहरू तनावमा परेका हुन । मन्त्री अधिकारीलाई कारबाही हुनेवित्तिकै ओली सरकारलाई ठूलो दवाव पर्नेछ ।

सोही कारण पनि अधिकारीलाई बचाउन कम्युनिस्ट सरकार लागेको आरोप कांग्रेसका नेताहरूले लगाएका छन । मन्त्री अधिकारीलाई बचाउने खालका अभिव्यक्ति र स्टाटस लेख्नेहरूमा अधिकारीकै निकट रहेका तथा उनको ‘हण्डी’ खाएकाहरू नै सक्रिय रहेको आरोप विरोधीहरूको छ ।

केही महिना अगाडि प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्दा अरिंगाल बनेर जाइलाग्नु भनेर दिएको निर्देशनलाई नेकपाका नेता तथा कार्यकर्ताहरूले वाइड बडी जहाज प्रकरणमा मुछिएकाहरूलाई राहत हुने गरेर अभिव्यक्ति दिने गरेका छन ।

नेकपाका नेता तथा कार्यकर्ताहरूले वाइड बडी घोटालालाई रोक्न अरिंगाल बनेर उत्रिएका छन ।

वाइड बडी विमान घोटाला प्रकरणमा मुछिएका मन्त्री र उच्च अधिकारीहरूलाई बचाउन कम्युनिस्ट सरकार लागेपछि कांग्रेसले आक्रोश व्यक्त गरेको छ ।

वाइड बडी काण्डको विरोध गर्दै अधिकारीको बचाउमा अभिव्यक्ति दिनेहरूमा नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरी, सूर्य थापा, विष्णु रिजाल, विष्णु रिमाल, योगेश भट्टराई, विशाल भट्टराईसहितका युवा नेताहरू छन ।

Published : Saturday, 2019 January 5, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया