कांग्रेसको मागले ओलीलाई तनाव, अफ्ठ्यारोमा पर्‍यो कम्युनिस्ट सरकार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा मागेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद विन्दादेवी आलेले वाइडी बडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीना दिनुपर्ने माग गरिन् ।

नेपाली कांग्रेसले पर्यटनमन्त्री अधिकारीको राजीनामा माग गरेर संसदमा चर्को अवाज उठाउन थालेपछि कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई दवाव र तनाव बढेको छ ।

कांग्रेसले वाइड बडी घोटाला प्रकरणलाई सजिलै फुत्किन दिने संकेत दिएको छैन । यो विषयलाई कांग्रेसले जीवनमरणको रुपमा अगाडि बढाउने तयारी गरेको छ ।

विशेष समय लिएर बोल्दै आलेले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदन कार्यान्वयन सहज बनाउन तत्काल मन्त्री अधिकारीको राजीनामा दिनुपर्ने बाइन् ।

उनले कम्युनिस्ट सरकारमा नैतिकताको खडेरी भएको भन्दै सरकारको आलोचना समेत गरिन् ।

सांसद आलेले चार अर्ब ३५ करोड घोटाला भएको वाइड बडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो सरकारले छानविन समिति गठन गरेर संसदीय मर्यादाको खिल्ली उडाएको बताइन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी विमान खरिदमा आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

Published : Friday, 2019 January 4, 4:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया