ओलीजीले रेशमलाई मन्त्री पनि बनाउनुपर्छः धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य धनराज गुरुङले खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेका कामहरू नदेख्नेहरूप्रति व्याङग्य गर्दै कामहरूको सूची सार्वजनिक गरेका छन ।

कांग्रेस नेता गुरुङले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ‘सरकारले काम गरेन भन्नेहरूले सरकारले काम गरिरहेको देख्दैनन् । सरकारले काम गरेकै छ त !’

‘सरकारले रेशम चौधरीलाई पहिले जुश खुवाउनु प¥यो, अहिले शपथ खुवाउनु पर्‍यो, केही महिनापछि मन्त्री बनाउनु पर्ने होला’, उनले भनेका छन, ‘सरकार व्यस्त भएकोले निर्मला पन्तको हत्यारा पत्ता लगाउन समय लागेको होला ।’

कम्युनिस्ट सरकारले काम गरेको नदेख्नेहरूलाई नेता गुरुङले स्टाटास लेखेर सम्झाइदिएका हुन ।

निर्मला पन्तको बलत्कार र हत्याका विषयमा दोषी पक्राउ गर्न नसकेको कम्युनिस्ट सरकारलाई नेपाली कांग्रेसका युवा नेता गुरुङले ओली सरकारबाट न्यायको आशा राख्न बेकार रहेको बताएका छन ।

गुरुङले टीकापुरमा एकजना नाबालकसहित सुरक्षाकर्मीको सामूहिक हत्याका प्रमुख दोषी रेशमलाल चौधरीलाई सुरक्षासहित सिंहदरबारभित्र ल्याएर सांसद पदको सपथ खुवाइएकोमा पनि आलोचना गरेका छन ।

Published : Friday, 2019 January 4, 7:44 am

1 प्रतिकृया प्राप्त “ओलीजीले रेशमलाई मन्त्री पनि बनाउनुपर्छः धनराज गुरुङ”

  • बीबेकपुर्ण कठोर नीर्णय गर्न वस्त्रों परिणाम। र अपराधीलाई उम्मेदबारहुन नंदाने गरी संबीधान मा ब्यबस्था गर्न अत्याबस्यक

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया