अपराधीहरूको ‘काल’ बने आइजीपी खनाल, बद्नाम गर्न गिरोह सक्रिय

काठमाडौं । कञ्चनपुरमा बलात्कृत भई मृत्यु भएकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले सम्पूर्ण संयन्त्रको परिचालन गरेको छ । दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउने छैन ।

पन्त हत्याकाण्डको अनुसन्धानमा सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको अवस्थामा आईजीपी सर्वेन्द्र खनाल असफल भए भन्दै एउटा समूहले नियोजित रुपमा प्रचारबाजी गरेको आरोप छ ।

जघन्य अपराधमा प्रहरीले सामान्य तरिकाले अनुसन्धान गर्दैन र बालिका पन्तको मुद्दामा पनि प्रहरीले निश्पक्ष ढंगले अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ । कञ्चनपुरको घटनालाई भक्तपुरको इन्काउन्टर र एआईजी बढुवासँग जोडेर नियोजित रुपमा आईजीपी खनालविरुद्ध समाचार प्रवाह भईरहेको हुँदा संगठनमा खराव तत्वले प्रभाव जमाउने संभावना बढेको छ ।

प्रहरीमा विगतदेखि नै सिन्डिकेट खडा गर्दै आएका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको समूह अहिले कञ्चनपुरको घटनालाई लिएर संगठनविरुद्ध अतिरञ्जना फैलाउन मिडिया क्याम्पनेमा लागेको प्रहरी स्रोतले बताएको छ ।

अहिले खनाल आईजीपी भएको पाँच महिना वितेको छ । अर्यालले नै गर्न नसकेका सईहरुको बढुवा गरेर आईजीपी खनालले आफूलाई सक्षम नेतृत्वको उदाहरण दिइसकेका छन् । आईजीपी खनालले सिपाहीदेखि डिआईजीसम्मको पनि विवादरहित तरिकाले बढुवा सम्पन्न गरिसकेका छन् ।

एमाले र माओवादी मिलेर नयाँ पार्टी बनेको अवस्थामा आइजीपीलाई माओवादी निकट भन्दै कु–प्रचारमा उत्रिएका अर्याल, कार्की र पोखरेलको समूहलाई माफियाहरुको संरक्षण रहँदै आएको छ ।

दीपक भट्ट जस्ता माफिया ठेकेदारले आईजीपी बनाउन लविङ गरेका कार्कीले पूर्व आईजीपी अर्यालले उचालेकै भरमा समयमा बढुवा पाउने होइनन् ।

आफू संगठनमा रहँदा सर्वोच्च अदालतले बढुवा गर् भनेर गरेको आदेशको पालना नगर्ने र हत्यारा छोरालाई जोगाउने अर्यालले कसैको बढुवाको लविङ गर्नु कुन नैतिकताभित्र पर्छ ? अहिले संगठनभित्रबाट उठ्ने गरेको प्रश्न हो यो ।

Published : Thursday, 2018 August 30, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया