यी जनप्रतिनिधिहरूको अभिव्यक्तिले कांग्रेसको सान बढ्यो

काठमाडौं । कम्युनिस्ट सरकारले कर आतंक मच्चाइ रहेका बेला नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूले जनतालाई असर पर्ने गरेर कर नलगाउने बताएका छन् ।

जनताले कर तिर्न सक्ने क्षेत्रमा मात्रै कर लगाइने उनीहरूको भनाइ छ । उनीहरूले जनतालाई सास्ती दिने गरी कर नलिएको दाबी गरेका छन् ।

कांग्रेसका जनप्रतिनिधिहरूले कम्युनिस्ट सरकारले विभेद गरेर थोरै बजेट दिएका कारण बाध्य भएर जनतासँग कर उठाउनु परेको भन्दै आउँदा दिनमा करका विषयमा ध्यान दिने बताए ।

नेपाली कांग्रेसले काठमाडौंमा सोमार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरूले जनतालाई सेवा दिने तर, दुःख नदिने बताएका हुन् ।

कार्यक्रममा सहभागी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भएपनि कम्युनिस्ट सरकारले हस्तान्तरण नगरेको बताए ।

महर्जनले कांग्रेसबाट निर्वाचित स्थानीय तहलाई कम्युनिस्ट सरकारले थोरै बजेट व्यवस्था गरिएको आरोप लगाए । उनले विभेदकारी कम्युनिस्ट सरकारको आलोचना गरे ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनतालाई दःख दिने गरेर कुनै पनि व्यवस्था नगरिएको दाबी गरिन् । उनले भनिन्, ‘जनतलाई असर पर्ने गरेर कुनै पनि करको व्यवस्था गरिएको छैन ।’

वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले पनि कांग्रेसका जनप्रतिनिधिहरूले जनतालाई सास्ती नदिएको बताइन् । जनतालाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नरहेको बताइन् ।

रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले ऐनअनुसार मात्रै जनतासँग थोरै कर लिएको बताए । ‘जनताले दिएको सुझावको आधारमा कर लिएका छौँ’, उनले भने, ‘जनताकै सुझावका आधारमा कार्यविधिलाई परिमार्जन गर्दै लैजाने छौं ।’

करको जथाभावी व्यवस्था गरेर जनतलाई दुःख दिएको भनेर टिकाटिप्पणी भएपछि नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहमा कर उठाउन अंकुश लगाएको थियो । सोहीअनुसार कांग्रेसले सोमबार आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर जनताको पक्षमा काम गर्न निर्देशन दिएको हो ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका कांग्रेसका शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

Published : Monday, 2018 August 27, 4:32 pm

1 प्रतिकृया प्राप्त “यी जनप्रतिनिधिहरूको अभिव्यक्तिले कांग्रेसको सान बढ्यो”

  • Aabas xetraka gharuko naxa pass dekhI nirman sampanna gari gharharu upabhoktako hastantara nabunda barsaundekhiko naxa pass, nirman sampanna,dastur
    tathaa sampatI Kar ra bahal karko rajaas would samet uthaunparne bata samet sthaaniya sarkar banchit bhairaheko dekhinchha. Sambandhit nikaya ko laparbahi matra rokne sake matra rokne sake sthaaniya sarkarharuko karodaunko rajaswoma bridhi bhayi karko bojh ghatauna sakinchhahola.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया