कार्यकर्तालाई पैसा बाँड्न थाल्यो कम्युनिस्ट सरकार, तयार भयो सूची

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृतवको वर्तमान सरकारले राज्यको ढुकुटीबाट आर्थिक सहायता वितरण गर्न भित्री तयारी गरेको छ ।

मैसा माग गरेर गृह मन्त्रालयमा ३ हजारभन्दा बढीले निवेदन दिएको स्रोतले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाको स्वकीय सचिवालयले आर्थिक सहायताका लागि निवेदन दिएकाहरूको छानबिन गरी आर्थिक सहायता वितरण गर्ने जनाएको छ ।

पैसा दिन मन्त्री थापाको सचिवालयले गृहसचिव प्रेमकुमार राईलाई दवाव दिएको छ । गृहसचिव राईले गृहमन्त्री थापाको सचिवालयलाई टेरेका छैनन् ।

विभिन्न घटनामा परी मृत्यु भएका र राज्यले राहत दिने निर्णय गरिएकाबाहेकलाई सहयोग दिने काम बन्द गर्न आफू प्रतिवद्ध रहेको बताउने गरेका छन् ।

मिर्गौला, क्यान्सर, मुटु, हृदयरोग, अलजाइमर, पार्किन्सन जस्ता कडा रोग लागेका तथा विपन्नहरूलाई कांग्रेस नेतृत्वको सरकार र तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले विशेष निर्णय गराएर आर्थिक सहयोग दिने निर्णय गराएका थिए । त्यो निर्णयलाई कम्युनिस्ट सरकारले कार्यान्वयनमा आलटाल गरेको आरोप कांग्रेसको छ ।

प्रधानमन्त्री कार्यालयमा पनि आर्थिक सहायता मागिरहेकाहरूको निवेदन गृह मन्त्रालयमा पठाउन थालिएको स्रोतले जनाएको छ । उच्च राजनीतिक नेतृत्वसँग पहुच भएकाहरूले गृह मन्त्रालयमा निवेदन नदिई प्रधानमन्त्री कार्यालयमार्फत आर्थिक सहायता पाइरहेका छन् ।

बास्तविक पीडितहरूले कम्युनिस्ट सरकारले कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लगाएका छन् ।

गृह मन्त्रालयबाट करोडौं रुपैयाँ आर्थिक सहायता बाँडेर विकृति निम्त्याइएको भन्दै गृहसचिव राईले त्यो विकृति आफूले अन्त्य गर्ने बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले करिब दुई हजारलाई २९ करोड रुपैयाँ वितरण गरेको थियो । देउवाका पालामा सहयोग पाइसकेका केही व्यक्तिले पुनः आर्थिक सहयोग पाऊँ भन्दै निवेदन दिएको स्रोतको भनाइ छ ।

Published : Monday, 2018 August 27, 11:54 am

1 प्रतिकृया प्राप्त “कार्यकर्तालाई पैसा बाँड्न थाल्यो कम्युनिस्ट सरकार, तयार भयो सूची”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया