प्रचण्डले हटाएका पूर्वएमालेलाई ओलीले भित्र्याए

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वएमाले निकटका सुशील ज्ञवालीलाई पुनः नियुक्त गरेको छ ।

ओली सरकारले प्राधिकरणको सीईओमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ओलीले नै यसअघि ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाएका थिए । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ज्ञवालीलाई हटाएर नेपाली कांग्रेस निकटका डा.गोविन्दराज पोखरेललाई नियुक्त गरेको थियो ।

०७२ वैशाखको भूकम्प प्रभावितलाई राहत तथा पुनर्स्थापना गर्न भनेर गठन भएको प्राधिकरणमा तत्कालीन एमालेले चरम राजनीतिक करण गरेको हो । ज्ञवालीले त्यस बेला राम्रोसँग कार्यसम्पादन गर्न नसकेपछि प्रचण्डले हटाइदिएका थिए । ओली पुनः ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाएर प्रचण्ड र कांग्रेससँग बदला लिएका छन् ।

ज्ञवालीले कार्यसम्पादन गर्न नसकेको भन्दै तत्कालीन एमालेले आलोचना गरेको थियो । एमाले निकटका इञ्जिनियरहरूले ज्ञवालीविरुद्ध आन्दोलन समेत गरेका थिए ।

शुरुमा डा.गोविन्दराज पोखरेल सीईओ भएपनि ओलीले उनलाई हटाएर ज्ञवालीलाई ल्याएका हुन् । प्रतिनिधि सभाका बेला डा.पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा कांग्रेस निकटका पूर्वप्रशासक युवराज भुसाललाई नियुक्त गरिएको थियो । भुसाललाई पनि ओलीले हटाइदिएका हुन् ।

Published : Wednesday, 2018 August 15, 6:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया