पत्नीसँग डुङ्गामा भेटिए ‘प्रचण्ड’, यो हो कम्युनिस्टहरूको सर्वहारा लाईफ

भरतपुर । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहाललाई डुङ्गाको सयर गराएका छन् ।

‘प्रचण्ड’ले शनिबार मेघौलीस्थित गोलाघाटमा पत्नी सीतासहित आफ्ना परिवारहरूलाई डुङ्गा सयर गराएका हुन् ।

‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी छोरी रेणु दाहाललाई पनि डुङ्गामा सँगै राखेका थिए । डुङ्गामा ‘प्रचण्ड’का नाती र भाई नारायण दाहालका साथै अन्य सहयोगीहरू पनि देखिएका छन् ।

डुङ्गामा सवार हुने क्रममा लाइफ ज्याकेट लगाएका ‘प्रचण्ड’को सुरक्षाका लागि थुप्रै सुरक्षाकर्मीहरू चितवन प्रहरीले परिचालन गरेको थियो ।

डुङ्गा सयर गर्नुका साथै ‘प्रचण्ड’को परिवारले रिसोर्टमा स्थानीय परिकारहरूसहितको भोजन गरेको स्रोतले जनाएको छ ।

रिसोर्टको बास बस्न र परिवारसहित रमाइलो गर्न रुचाउन ‘प्रचण्ड’ बेलाबेला काठमाडौं नजिकै रहेको सुकुटेको रिर्सोटमा पनि बास बस्ने गरेका छन् । उनी पत्नीसहित सिङ्गापुर गएर फ्रेस पनि हुने गरेका छन् ।

Published : Sunday, 2018 August 12, 4:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया