कांग्रेसभन्दा अगाडि देखिए यी व्यक्ति, दिए ओलीको सत्ता ढाल्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी ओली र डा.गोविन्द केसीबीच पूर्वसहमति कार्यान्वयनका विषयमा गम्भीर बहस भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा डा.केसीले ओलीसँग चिकित्सा क्षेत्रको सुधारका लागि भएको सहमति कार्यान्वयनमा आग्रह गरेका हुन् । ओली र डा.केसीबीच डेढ घण्टा लामो वार्तामा चिकित्सा स्वास्थ्यसम्बन्धी अन्तरंग छलफल भएको थियो ।

बैठकको सुरुवातमा प्रधानमन्त्री ओलीले उखान टुक्कासहित रोचक कुराकानी बढाएका थिए । ओलीले भने, ‘चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुन्छ । संसदले जे गर्छ त्यही हुन्छ । मलाई धेरै दबाब नदिनुहोस् ।’

ओलीको बोली भुईँमा खस्न नपाउँदै डा.केसीले पनि जंगिँदै भने, ‘तपाईकै पालामा मैले पहिलोपटक अनशन बसेको हुँ । अहिले पनि मैले तपाईसँग यो सम्झौता गरेको छु । सरकारले गरेको सम्झौता तुरुन्त कार्यान्वयन हुनुपर्छ । कार्यान्वयन भएन भने तपाईको कुर्सी हल्लाईदिन्छु ।’

प्रधानमन्त्री ओलीले डा.केसीलाई शान्त तुल्याउँदै धैर्यता राख्न आग्रह गरेको स्रोतले जनाएको छ । ‘तपाई धैर्य गर्नुहोस्, तपाईले अब अर्कोपटक अनशन बस्न नपर्ने गरी मैले सम्झौता गरेको छु’, प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

ओलीसँगको बैठक सकिएलगत्तै बालुवाटारबाट बाहिरिने क्रममा डा.केसीले प्रधानमन्त्री ओलीको रवैयाका बारेमा आपत्ति जनाए । डा.केसीले आक्रोशित हुँदै भने, ‘म जुन उत्साह लिएर बालुवाटार पसेको थिएँ । त्यो उत्साह कायम रहेन । म एकदमै निराश छु ।’

Published : Saturday, 2018 August 11, 8:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया