नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन । अथक प्रयासपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार अबेर रातिदेखि एकतर्फी खुलेको छ । सडक खुलेपनि जाम भने यथावत रहेको छ ।

बुधवार राति परेको पानीले ४० मिटर सडक भासिएपछि आवागमन अवरूद्ध बनेको थियो ।

सडक भाँसिएको ठाँउमा भित्ता काटेर सडक सञ्चालन भए पनि सवारीको अत्यधिक चाप, जथाभावीको ओभरट्याकले सडक सञ्चालन सुचारु हुन नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

मुग्लिनभन्दा १ किलोमिटर नारायणगढतर्फ एक बस र ट्रक समेत ठोक्किएकाले आवागमन थप अस्तव्यस्त बनेको छ ।

सवारी जामका कारणले मुग्लिन भएर पोखरा जाने र काठमाडौं आउने कयौं सवारी साधन फसेका छन् ।

पोखरा र नारायणगढ भएर जाने सवारी साधानहरु मुग्लिनबाट कुरिनटारसम्म जाममा छन् भने पोखरावाट काठमाडौं जाने सवारी साधानहरु तनहुँको आँबुखैरहनी गाँउपालिका क्षेत्रमा डेढ किलोमिटरभन्दा बढी जाममा परेका छन् ।

Published : Friday, 2017 September 1, 11:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया