ठूलो घोटलामा अख्तियारमा बयान दिएर आजित बनेका प्रदीपको समूहद्वारा ओलीसँग भेट

काठमाडौं । पोखरा अन्तर्राष्ट्रि विमानस्थलमा भएको घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर निराश भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको समूहले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको छ ।
बिहीबार बालुवाटारमा महानिर्देशक अधिकारीको समूहले प्रधानमन्त्री ओलीसँग भेट गरेको हो । महानिर्देशक अधिकारी र अख्तियारमा बयान दिएका कर्मचारीहरूले आफूहरूलाई अख्तियारको चङ्गुलबाट बचाउन अनुरोध गरेको बुझिएको छ । अख्तियारले पोखरा विमानस्थलको घोटालाको फाइल अन्तिम चरणमा पुर्याएको छ ।
विगतमा प्रधानमन्त्री ओलीले महानिर्देशक अधिकारीलाई भेट्न मानेका थिएनन् । अधिकारीले विभिन्न बहाना र तिकडम लगाएर प्रधानमन्त्रीसँग भेट गरेका छन् । महानिर्देशक अधिकारीले आफ्नो विभागीयमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई उछिनेर प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री ओलीसँगको भेटमा पोखरा विमानस्थल निर्माणमा भएको घोटालामा अख्तियारबाट बचाउन अनुरोध गरेको बुझिएको छ । अधिकारीले ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेर अहिले भइरहेको काममा प्रगति सुनाएको बुझिएको छ । पोखरा र भैरहवा विमानस्थल निर्माणमा गरिएको भ्रष्टाचार र कुरुप विमानस्थल नचलेपछि प्रधानमन्त्री ओलीबाटै विमानस्थल सञ्चालनका लागि पहल गरिनुपर्ने अनुरोध यो समूहले गरेको बुझिएको छ ।
ओलीलाई भेट्न प्राधिकरणका महानिर्देशक अधिकारी, ई.दीपेन्द्र श्रेष्ठ, नवीन अधिकारी, चाँदमाला श्रेष्ठ, जगन्नाथ निरौला, बाबुराम पौडेल गएका थिए ।
अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबै फाइल कब्जा गरेर अनुसन्धान गरिरहेको छ । महानिर्देशकसहितयो यो समूहले अख्तियारमा बयान दिएको आजित बनेको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचारमा अभियोगपत्र दर्ता गर्यो भने यो समूह सबै निलम्बनमा पर्नेछ । सडकमा आउनेछ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया